काठमाण्डाै – अर्थ मन्त्रालयले अमेरिकी सहयोग ‘यूएसएआईडी’ अन्तर्गत सञ्चालनमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ ।
अमेरिकी सरकारले तीन महिनाका लागि सबै प्रकारका अनुदान रोकेको पत्र अर्थ मन्त्रालयलाई यसअघि नै पठाइसकेको छ । अर्थ मन्त्रालयले आज सूचना निकालेर स्थगित भएका आयोजनाअन्तर्गत यूएसएआईडी स्राेततर्फ कुनै पनि दायित्व सिर्जना हुनेगरी काम नगर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको हो ।
नेपाल र यूएसएआईडीबीच सन् २०२२ को मे ५ तारिखमा ६९ करोड ८० लाख अमेरिकी डलर अर्थात् ९४ अर्ब २३ करोड रुपैयाँको विकास उद्देश्य सम्झौता भएको थियो ।
रोकिएको अनुदान सहायतामध्ये सबैभन्दा ठूलो विकास उद्देश्य सम्झौताअन्तर्गतका परियोजना पनि समावेश छन् । यो आयोजनाअन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा र समावेशी विकास कार्यक्रम सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्