काठमाडौं – सरकारले फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याएका अध्यादेश फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय गरेको हो
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले फास्ट ट्रयाकबाट पारित गरिनेगरी संसद् सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए । गुरुङले अध्यादेश ल्याउनुमा कुनै बद्नियत नभएको दाबी गर्दै संसद् छलेर अध्यादेश नल्याएको जिकिर गरे । उनले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको दाबी गरे ।
प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्