विदेशमा काण्ड गरेर चटके नेता बन्न आएकालाई हराउनुपर्छ : प्रकाशमान

विदेशमा काण्ड गरेर चटके नेता बन्न आएकालाई हराउनुपर्छ : प्रकाशमान

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन्।

 

 

शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए।

उनले अरुको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए। उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए। आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे।

उनले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए।

उनले भने, ‘सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो। सेवा दिनकै लागि म राजनीतिमा लागेको हो। यहाँ अनेकौँ मान्छेहरु आउँछन्। चटकेहरु पनि आउँछन्। विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन्। आइराख्छन्। तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ।’

बोल्नेक्रममा उपप्रधानमन्त्री सिंहले त्यस्तो विदेशमा ठूलो काण्ड गरेर नेता बन्न नेपाल आएको र चटक गर्दै हिँडेको व्‍यक्तिबारे भने केही खुलाएनन्। तर, त्यस्ता मानिसहरूलाई जनताले छान्दा रोक्नुपर्ने र सेवा र विकासको भावना बोकेको व्‍यक्तिलाई छान्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्नेमा पनि जोड दिए।

 

प्रकाशित मिति : शनिबार, माघ १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij