नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं ,नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।

गएराति सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियार रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए। परियार मोटरसाइकलको पछाडि सवार थिए।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका- ३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले बताए।

प्रकाशित मिति : शनिबार, माघ १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij