गुल्मी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
गुल्मीको मदाने गाउँपालिका-६ मा रहेको कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो ।
कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविस्य निर्धारण गर्न महत्त्वपूर्ण हुने चर्चा गर्नुभयो। यो आयोजनालाई तीन तहका सरकारले साझा योजनाको रुपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
प्रदेशभित्रका प्रमुख धार्मिकस्थल, पुरातात्त्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरुलाई आपसमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उहाँले बताउनुभयो। ‘हाम्रो प्रदेश मिनि नेपालको रुपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ ।
“पुरातात्त्विक सम्पदाहरुको संरक्षण गरेर पर्यटकहरुलाई भित्र्याउने मुख्य संकल्प छ,” उहाँले भन्नुभयो, “समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएका छौं। यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रसस्त आधारहरु छन् । पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसंग सहकार्य गरेर अघि बढ्नुपर्छ।”
“हामी पर्यटनलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहन्छौं। यसका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं,” उहाँले भन्नुभयो, “पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रसस्त रोजगारीको अवसर सृजना गर्न सकिन्छ। कतिपय भइरहेको पनि छ ।” प्रदेश सरकारले दिगो पर्यटन प्रवर्द्धनमा ध्यान दिदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनुभयो।
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायतको बिशेष उपस्थिति थियो।
अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ।
प्रकाशित मिति : शनिबार, माघ १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्