चितवन,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुने भएको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो। रविसहित ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता हुने जानकारी प्राप्त भएको छ।
यसअघि, लामिछाने रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए।
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्