काठमाडौं : नेपाली बजारमा आज तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्