बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसमा हाजिरीजवाफ: मायादेवी प्रथम

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसमा हाजिरीजवाफ: मायादेवी प्रथम

बुटवल – बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादगाउपालिका प्रथम भएको छ । प्रतियोगितामा तिनाउ गाउपालिका द्वितीय र सैनामैना नगरपालिका तृतीय भएका छन् ।

रूपन्देही र पाल्पाका गरी १० पालिकाको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने पालिकाले २५ हजार,द्वितीय हुनेले १५ हजार र तृतीय स्थान प्राप्त गर्ने पालिकाले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

विजयी प्रतियोगि तथा सहभागी पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालले पुरस्कार तथा प्रमाणपत्र बितरण गरिन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिको आयोजना भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेकी हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिकाका अध्यक्ष अनिलकुमार माण्डव्यको सभापतित्व र नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संयोजक ठगिश्वर पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको एशोसिएशनका सचिव सचिव रेश्मिराज घिमिरेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले फागुन ३ गते स्थापना दिवस मुल समारोह आयोजना गरेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij