काठमाण्डाै – अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टोलीमा मनमाया दमाई र सुष्मा तामाङले पहिलो पटक मौका पाएका छन् । यस्तै रेनुका हमाल र चन्द्रा भण्डारी टोलीमा फर्किएका छन् । टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित, अञ्जना राना मगर र उषा नाथ छन् ।
यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन् । मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
आउँदो सोमवार फागुन ५ गतेदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तान छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्