रुपन्देही, नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित गरिएको छ । ११ जिल्लाका प्रतिनिधिहरूले चुनावको माग गर्दा पनि निर्वाचन प्रक्रिया अघि नबढाइएपछि केन्द्रीय नेताहरू बैठकबाट जबरजस्ती हिंडेको आरोप लागेको छ ।
प्रदेश अधिवेशनमा आफ्ना मनोनित नेतृत्व नहुने भएपछि केन्द्रीय नेताहरूले अधिवेशनलाई अवरुद्ध गरेको आरोप प्रतिनिधिहरूले लगाएका छन् । उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै चुनाव गराउन दबाब दिएका थिए ।
नेपाल मुस्लिम संघको केन्द्रिय समिति र निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् । अधिवेशनको नयाँ मिति कहिले निर्धारण गरिन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन । प्रतिनिधिहरूले यस निर्णयको विरोध गर्दै संघमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइएको बताएका छन् । साथै, निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूको भनाइ छ ।
उक्त प्रथम अधिवेशनको उद्घाटन सत्र भने भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका थिए ।
अधिवेशनका लागि ११ जिल्लाका १२८ प्रतिनिधि छनौट भएर रुपन्देहीकोे बुटवलमा आएका थिए
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्