काठमाडौँ , पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउने गरी काँग्रेसले तयारी गरिरहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए। उनले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।
उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले आफूलाई पुनरावलोकन गर्नुपर्ने बताए। देशका सबै वामपन्थी एक हुनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदै छ। ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु। वामपन्थीले कल्पना नगरे पनि हुन्छ। म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दै छ। एमालेको एउटा खुट्टा हो कि दुईवटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन। त्यो दुर्घटनामा पर्छ।’
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्ने कुरा भ्यागुते घमण्ड भएको बताए। उनले नेकपा ९माओवादी केन्द्र०ले दक्षिणपन्थी बाटो अँगालेको बताए। नेकपा ९एकीकृत समाजवादी० ले पनि सोही बाटो बिराएको बताए। काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्