रुपन्देहीको बुटवलका पंकज राई नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा विजयी

रुपन्देहीको बुटवलका पंकज राई नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा विजयी

रुपन्देही, नेपाल समाजवादी पार्टी नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा रुपन्देहीको बुटवलका पंकज राई विजयी भएका छन् । काठमाडौंमा भएको पार्टीको पहिलो अधिवेशनबाट उनी अत्याधिक मतका साथ विजयी भएका हुन् । राईले केन्द्रीय सदस्यमा आदिवासी र जनजाति युवातर्फबाट ३ सय २३ मत ल्याएका थिए । पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वको उक्त पार्टीमा स्थापना कालदेखि राई सक्रिय छन् । उनले पार्टीका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

निर्वाचित भएपछि राईले अगामी दिनमा पार्टीलाई थप व्यवस्थित गर्न, स्पष्ट दिशानिर्देश गर्नको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने,–‘केन्द्रिय सदस्यमा निर्वाचित गराउन भुमिका खेल्नुभएकोमा सबैप्रति हार्दिक आभार । आजैदेखि म पार्टीको काम र समाजसेवामा थप सक्रिय भएर लाग्नेछु ।’राई बुटवलका युवा व्यवसायी हुन् । निरन्तर युवाका आवाज, भ्रष्टाचार र बेथितिको विषयमा निरन्तर आवाज उठाएका कारण उनी पार्टीमा निकै लोकप्रिय बन्न पुगेका हुन् ।

नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को अध्यक्षमा डाक्टर बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचन हुँदा प्रतिष्पर्धी नेत्र चापागाईंले ६३ मत पाए । त्यस्तै, उपाध्यक्ष ‘खस आर्य’ ईश्वर रिजाल, उपाध्यक्ष ‘आदिवासी जनजाती’ टेक बहादुर बाठामगर, उपाध्यक्ष ‘दलित’ दुर्गा सोब, उपाध्यक्ष ‘महिला’ मानुषी यमी भट्टराई, उपाध्यक्ष ‘मधेशी’ उमेश शाह, महासचिव ‘खुला’ सोनाम सिंह स्याङ्तान, सचिव ‘खुला’ लक्ष्मण कार्की, सचिव ‘खुला’ भरतराज दाहाल, सचिव ‘महिला’ आशाकुमारी तामाङ, कोषाध्यक्ष हरि रिजाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij