पोखरा ,पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुनको झुप्पा पडकिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको हो ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ । अर्थमन्त्री पौडेल तत्कालै भागेर मञ्चमा पुगेका थिए । उनी सामान्य घाइते भएका छन् । उनको कोट अंगरक्षकले तत्कालै झिकेर टक्टकाइदिएका थिए ।
पछिल्लो जानकारी अनुसार,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ ।दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु
भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्