अध्यादेश अझै १० दिन धकेल्ने सत्तारूढका प्रमुख सचेतकहरूको निर्णय

अध्यादेश अझै १० दिन धकेल्ने सत्तारूढका प्रमुख सचेतकहरूको निर्णय

काठमाडौं : सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्‍याउने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको बैठकले विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई दुवै हाउसबाट निष्कर्षमा पुर्‍याउने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

 

 

अध्यादेशहरू भने साता/दश दिनपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। अहिले सांसदहरू उपत्यका बाहिर भएकाले केही दिन लाग्ने उनको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘कोही सांसद कुम्भ मेला जानुभएको छ। कोही निर्वाचन क्षेत्रमा हुनुहुन्छ। ६ गते पेश गर्ने भन्ने कुरा थियो। तर, साता/दश दिनपछि लैजाने कुरा भयो।’

प्रमुख सचेतक घिमिरेले अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको बताए। उनले जसपा नेपालले गरिरहेको हैसियत अनुसारको डिमान्ड पनि सही भएको उल्लेख गरे।

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij