JanataToday.com

Advertisment

SKIP THIS

मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू

मेयर कप छात्र छात्रा फुटबल प्रतियोगिता सुरू

बुटवल-बुटवलमा आजदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र /छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ ।
प्रतियोगिताको साेमबार बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित चारपाला खेलमैदानमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले नगरपालिकामा आफुहरू निर्वाचित भएपछि खेल क्षेत्रलाई बिशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदलाई विद्यालय तहमा बिस्तार गरिएको बताए ।
शिक्षा,स्वास्थ्यका साथै खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रमा करोडौं बजेट छुट्टयाएको भन्दै नगर प्रमुख पाण्डेयले खेल पर्यटनको माध्यमबाट पनि बुटवलको आर्थिक समृद्धि हाशील गर्न सकिने विश्वास ब्यक्त गरे ।
बुटवलका सबै वडाहरूलाई भाैगाेलिक सामिप्यताले पनि जाेड्ने उदेश्यले बुटवलको मुख्य बजार क्षेत्र भन्दा अन्य क्षेत्रमा प्रतियोगिताहरू सञ्चालन गरिएको भन्दै उनलेे यसले यस क्षेत्रमा थप चहलपहल बढ्ने बताए ।
एक बर्षमा मात्रै बुटवल उपमहानगरपालिकाले बिभिन्न बिधाका ५८ वटा खेलकुद प्रतियोगिता सञ्चालन गर्न लगेको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले आफुहरूकाे कार्यकालमा ८ वटा ठूला खेल मैदान स्तराेन्नती तथा नयाँ निर्माण गर्ने योजना रहेको बताए ।
उद्घाटन भएको दिन आज आज चारपाला खेलमैदान र जवई खेलमैदानमा गरी पाँच खेल सम्पन्न भएको छ ।
चारपाला खेलमैदानमा आजको पहिलो खेलमा उजिरसिंह मावि जितेश्वरी माविलाई २-१ ले हराएको छ भने दाेस्राे खेलमा कान्ति माविले एभरेस्ट बाेर्डिङ स्कुललाई ३-१ गाेल अन्तरले हराएको छ ।
आजै भएको तेस्रो खेलमा कालिका मानवज्ञान माविले क्यानन माविलाई २-१ गाेल अन्तरले हराएको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।
उता जवई खेल मैदानमा भएको खेलमा ज्ञानपुञ्ज माविलाई २-० ले पछाडि पाद्दै नहरपुर विजयी भएको छ भने दाेस्राे खेलमा माेतिपुर माविले तिलाेत्तमा माविलाई १-० ले हराएको प्रतियोगिता रेफ्रि सेरजंङ गुरूङले जानकारी दिए ।
भाेली मंगलबार चारपाला खेलमैदानमा नवरत्न मावि/सिदेश्वरी मावि,बुटवल ग्लाेरी/सरस्वती मावि,उजिरसिंह मावि/स्कलर्स हाेम तथा कान्ति मावि/कालिका मानवज्ञान मावि बीच प्रतिष्पर्धा हुने खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।
त्यस्तै भाेलीनै जवई खेलमैदानमा नहरपुर मावि/अम्सफाेर्ड मावि,प्रगति मावि / रम्भादेवी मावि तथा सरस्वती आधारभूत विद्यालय/ लुम्बिनी बाेर्डिङबीच प्रतिस्पर्धा हुनेछ भने छात्रा तर्फ कान्ति / नहरपुर,क्यानन/ ज्ञानाेदय तथा प्रगति मावि / नविन औद्याेगिक माविबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिम पियाले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij