नेपाली कुस्ती खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन्।
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ जना राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आगामी २०औं एसियाली खेलकुदका लागि मिसन २०२६ को नामबाट विभिन्न खेलका राष्ट्रिय टोलीको तयारी गरिरहेको छ। सोहीयोजना अनुरूप राखेपले ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई भारत पठाएको हो।
त्यसका लागि समान तीन पुरुष र महिला खेलाडी तथा दुई प्रशिक्षक सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेका छन्। तयारीलाई थप प्रभावकारी बनाउन टोली भारत गएको कुस्ती संघले जनाएको छ। पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन्। महिलामा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट छन्।
प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव रहेका छन्। राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले सोमबारै नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका थिए। भारत बसाइँका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसँग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी दिए।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्