काठमाडौँ — म्यानमारसँगै नेपालले बिहीबार फोर नेसन्स कपको फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लेवनानलाई १–० ले हराएपछि फाइनल समीकरण तय भएको हो । लगातार दोस्रो जितपछि दुवै टिमको समान ६ अंक भएको छ । अब म्यानमार र नेपालबीच नै प्रतियोगिताको अन्तिम लिग खेल आइतबार हुनेछ ।
त्यसको नतिजाले समूह जित्ने टिमको निर्णय गर्नेछ । त्यस अगाडि लेवनान तथा किर्गिस्तान भिड्ने छन् र यो प्रतिष्ठाको खेल मात्रै हुनेछ । दुवै टिम लगातार दुई खेल गुमाएर शून्य अंकमा छन् । म्यानमारले दिनको पहिलो खेलमा किर्गिस्तानलाई ५–० ले पराजित गरेको थियो ।
नेपालको जितमा सावित्रा भण्डारीको भाग्यमानी गोल निर्णायक रह्यो । खेलको ४२ औं मिनेटमा सावित्राले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार लेवनानी खेलाडी फराह एल टयरको शरीरमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । खेल आफैमा रोमाञ्चक रह्यो र लेवनानले नेपालसामु बलियो चुनौती पेस गरेको थियो ।
दोस्रो हाफको इन्ज्युरी समयमा लेवनानकी जावा अरबीको प्रहार पोस्टमा लागेर फर्केको थियो र यसले गोलको रूप लिएको भए खेल र प्रतियोगिताकै समीकरण फरक हुन सक्थ्यो । लेवनानमाथि नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले सन् २०२४ को वाफ च्याम्पियनसिपमा लेवनानलाई सेमिफाइनलमा हराएको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्