पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराए

पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराए

काठमाण्डाै – ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ–भाइ जुधाउने काम भइरहेको आरोप लगाउँदै त्यसो नगर्न सरकारलाई आग्रह गर्नुभयो । वार्तामार्फत समस्या समाधान गर्न उहाँको आग्रह छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राख्नुभएको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि केबुलकार निर्माणको विषयलाई लिएर भएको विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । केबुलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्ने तर ऐनअनुसार पाथीभरामा केबुलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको पनि भुल्न नहुने उहाँको भनाइ छ ।

यसैबीच नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार विवाद समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ । कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति निकालेर यस्तो माग गर्नुभएको हो ।

विज्ञप्तिमा सरकारले वार्ता र संवाद्बाट समाधान खोज्नुको साटो बल प्रयोग गरी आन्दोलनकारीलाई दबाउने प्रयास गरेको उल्लेख छ ।

पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । हिजो बेलुका पनि फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबीच झडप भएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij