JanataToday.com

Advertisment

SKIP THIS

फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी

फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी

काठमाण्डौ – चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचकाे खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी भयो । पहिलो हाफमै २-२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता लियाे । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियाे । तर खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।

नेपाल र म्यानमार दुवै टाेली यसअघि नै फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई हराएका थिए । नेपाल र म्यानमार दुवै अपराजित रहे ।

योसँगै नेपाल र म्यानमारबीच अहिलेसम्म ५ पटक भेट भएकोमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीसमा सकिएको छ ।

प्रतियाेगितामा आज भएकाे पहिलाे खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो ।

नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij