JanataToday.com

Advertisment

SKIP THIS

आयोजकलाई हराउँदै नवयुवा सेमिफाइनलमा :सातौं न्यु सृजना कप फुटबल

आयोजकलाई हराउँदै नवयुवा सेमिफाइनलमा :सातौं न्यु सृजना कप फुटबल

तिलोत्तमा, तिलोत्तमाको करौजियामा जारी स्व। उमा रेश्मी मगर स्मृति सातौं न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिताको चौथो क्वाटरफाइनलमा आयोजक न्यु सृजना युवा क्लब करौजियालाई हराउदै नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ओमसतिया पडसरी न्यु सृजना कपको सेमीफ़ाइनलमा प्रवेश गरेको छ ।करौजिया गुम्बा नजिक रहेको सृजना युवा क्लबको आकर्षक खेल मैदानमा भएको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ओमसतिया पडसरीले आयोजक न्यु सृजना युवा क्लब करौजियालाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ओमसतिया पडसरीको तर्फबाट जर्सी नम्बर ११ का सुरज चौधरीले १ गोल गरेका थिए।

 

आजको खेलमा म्यान अफ द म्याच नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका जर्सी नम्बर ११ का खेलाडी सुरज चौधरी भएका थिए। उनले सो उपाधिसंगै लाली चाउचाउ १ प्याकिङ्ग र नगद रुपैया १ हजार प्राप्त गरेका छन्।सो खेलाडीलाई म्यान अफ द म्याच को ट्र्फी ,नगद सहित चिल्हिया प्रहरी चौकीका प्रमुख वसन्त सिंह ठकुरीले सम्मान पनि हस्तान्तरण गर्नुभएको थियो। भोली फागुन २१ गतेको पहिलो सेमीफ़ाइनल खेल योङ्ग स्टार युवा क्लब मडाहा र फर्साटिकर युवा क्लब, फर्साटिकर बिच दिउँसो ३ बजे न्यु सृजना युवा क्लबको खेल मैदानमा हुने क्लबका वरिष्ठ सल्लाहकार तथा प्रतियोगिताका खेल प्रचारप्रसार प्रमुख धन बहादुर चौधरीले जानकारी गराउनुभयो।

विजेताको पुरस्कार राशी स्व।उमा रेश्मी मगरको स्मृतिमा संचालित सातौ न्यु सृजना कप नक आउट फुटबल प्रतियोगिता २०८१ लाइ सम्पन्न गर्न मुख्य प्रायोजन स्व। उमा रेश्मी मगरका धर्मपति कुल बहादुर रेश्मी तथा उहाको स(परिवार,सह(प्रायोजक तिलोत्तमा नगरपालिका नगर कार्यापालिकाको कार्यालय कुन्जलापुर रुपन्देही , तिलोत्तमा नगरपालिका वडा नं १३ को कार्यालय बिसौरिया रुपन्देही , यसोदा फुडस प्रा। लि। तिलोत्तमा(१५ मधवलिया लगायत स्वदेश तथा बिदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको प्रचार प्रसार प्रमुख तथा बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले बताए। प्रतियोगिताको रोमाञ्चक खेल आएसंगै दर्शकको उपस्थिति तिब्र रुपमा बढेको र अन्य देश बिदेशबाट समेत सहयोगी हातहरु आउने क्रम पनि जारी रहेको उनले बताए ।

कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुने आयोजकले जानकारी दियो ।प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २२ हजार ५ सय रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष दर्लामीले बताए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij