काठमाडौं : पीएम कप क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछन्। लुम्बिनी प्रदेशमा जारी पीएम कप प्रतियोगिता अन्तर्गत सिद्धार्थ रंगशालामा कोशी प्रदेश र विभागीय टोली नेपाल आर्मीबीचको खेल जारी छ।
जारी प्रतियोगितामा आर्मी लगातार तेस्रो जितसहित तालिकाको शीर्ष स्थानमा छ। कोशी प्रदेश भने आफ्ना तीनवटै खेलमा जितविहीन रहँदै अंकतालिकाको पुच्छारमा छ। यस्तै लमही रंगशालामा मधेश प्रदेश र अर्को विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा शुरु भएको छ।
पुलिस आफ्ना तीनवटै खेलमा जित निकालेर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमध्ये एक खेलमा जित निकालेको मधेश प्रदेश भने तालिकाको पाँचौँ स्थानमा छ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्