सरकारी जग्गा कब्जा गरेकाे आराेप प्रमाणित गर्न रास्वपा सांसदलाई कांग्रेस नेता केसीकाे चुनाैती

सरकारी जग्गा कब्जा गरेकाे आराेप प्रमाणित गर्न रास्वपा सांसदलाई कांग्रेस नेता केसीकाे चुनाैती

काठमाण्डौ , नेपाली कांग्रेसका नेता डा। केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूलाई चुनौती दिनुभएको छ । आफ्नो निजी निवासमा आज पत्रकार सम्मेलन गर्दै नेता केसीले रास्वपा सांसदहरूलाई चुनौती दिनुभएको हो ।

गएको फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए । त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केसीले आधार र प्रमाणविना रास्वपा सांसदहरूले बदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको दाबी गर्नुभयो ।

संसद्मा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न कांग्रेस नेता केसीले चुनौती दिनुभयो । रास्वपा सांसदहरू खनाल र श्रेष्ठले आफ्नो चरित्र, शाख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने उहाँले चेतावनी दिनुभयो ।

केसीले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, चैत्र २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij