ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा

तिलोत्तमा:सडकको सौन्दर्यमा फूलहरुको आकर्षण (भिडियो सहित)

तिलोत्तमा:सडकको सौन्दर्यमा फूलहरुको आकर्षण (भिडियो सहित)

फूलहरुको संरक्षण र व्यस्थापनमा सबैको भूमिका महत्वपूर्ण :नगरप्रमुख खाँण

तिलोत्तमा– सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको राजमार्ग चौराहा हुँदै दक्षिणतर्फ भैरहवा र लुम्बिनी जाने जो कोहीले हरियालीयुक्त सडकका कारण छुट्टै आनन्द र फरकपन अनुभूति गर्न सक्छन् ।

सडक बीचमा रहेको डिभाइडरमा विद्युतीय पोल, बुद्धमूर्ति र मौसमी फूलहरू फुलेर रातै र पहेलै देखिएको छ।सफा सुग्घर मात्र नभएर हेर्दे मन आनन्द हुने गरी सयौँ थरी फूलहरू वरिपरि रोपेको भेटिन्छ ।

सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलले सौन्दर्यता छरेको छ।

सर्भिस लेनतर्फको ग्रिनरीमा स्टोनिया, निम लगायत बाह्रै महिना हरियै रहने बोटबिरूवाले हरियै देखिँदा मुख्य सडकको डिभाइडरमा भने विभिन्न रङमा फुल्ने बेगनबेली लगाइएको हो।

बेगनबेली फूल तिलोत्तमा नगरबासीको लागि सामान्य फूलमात्र हैन। रातो, पहेंलो, सेतो, सुन्तला, गुलाबीमात्र नभई एउटै बोटमा तीनचार रङमा फूल्ने बेगनबेलीलाई तिलोत्तमा नगरपालिकाले सिटी फ्लावरको रूपमा छनोट गरी नगरको पहिचानसँग जोडिएको नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो। उहाका अनुसार यी फूलहरुको संरक्षण र व्यस्थापनको लागी नगरपालिका र स्थानीय टोल विकास संस्थाको साथले यहांको वातावरण हरियाली र सौन्दर्य साँच्चिकै अनुकरणीय बनेको छ । आगामी दिनहरूमा यसलाई नगरको असल अभ्यासका रुपमा लैजाने त्यसका लागि हरेक नगरवासीको भूमिका प्रमुख रहेको उहाँको भनाई छ।

सिदार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडक र आसपासका क्षेत्रहरूमा गरि २ लाख ५० हजार बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएको बातावरण शाखा प्रमुख गोरख खनालले बताउनुभयो। उहँका अनुसार फूलहरूमा नगरपालिकाले पानी राख्ने, काटछाट गर्ने, गोडमेल गर्ने र मल राख्ने काम निरन्तर गर्दै आएको छ।‘तिलोत्तमाका १७ वटा वडामा ३४ सफाइकर्मी परिचालन गरिएको छ ।

निजी सार्वजनिक स्थान बिध्यालय तथा नदि उकास क्षेत्रमा पनि हावापानी अनुकुलका बिरुवा लगाउदै आएको र ‘ग्रीन तिलोत्तमा स् क्लिन तिलोत्तमा नारालाई सार्थक बनाउने कार्यले सार्थकता पाएको वन वातावरण तथा विपत व्यवस्थापन समिती संयोजक एवम कार्यपालिका सदस्य सुरेन्द्र श्री ले बताउनुभयो।

तिलोत्तका सडकमा बेगमबेली, हमेलिया, कल्की, करविरका साथै विभिन्न फूल तथा आँप, बर, पिपल, स्वामी लगायतका विरुवाहरू लगाएको हो ।
तिलोत्तमाको सफा, हरियाली, वातावरण र घर–घरमा रहेको फूलबारीले पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको तिलोत्तमा ३ का बल बहादुर कुँवरले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, चैत्र ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij