काठमाडौं , परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले भारतको समर्थन नेपालको डेमोक्रेटिक सिस्टमुलाई नै भएको बताएकी छन्।
झन्डै दुई हप्ता लामो भारत भ्रमण सकेर शुक्रबार आज दिउँसो स्वदेश फर्किएकी परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन्।
नेपालको पोलिटिकल सिस्टमबारे खास कुरा भएन। तर, उहाँहरूको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरुरी छ। अहिलेको गमभेन्ट एकदमै हामीसँग एङ्गेज छ। सिस्टम नै चेन्ज हुने भन्ने उहाँहरूको आशय देखिनँ, उनले भनिन्।
नेपालमा राजावादी आन्दोलन चर्किएको बेला भारत गएकी परराष्ट्रमन्त्री देउवाले फर्किएपछि यस्तो बताएकी हुन्। उनी भारत जाँदा कतिपयले नेपालमा चर्किएको राजावादी आन्दोलनका प्रति भारतको धारणा बुझ्न गएको भनेर टिप्पणी गरेका थिए।
प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्