आज एकै ठाउँमा जुट्दै ओली-देउवा-दाहाल

आज एकै ठाउँमा जुट्दै ओली-देउवा-दाहाल

काठमाडौं : तीन ठूला दलका शीर्ष नेताको बैठक सोमबार बस्दैछ।

 

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो।  बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ। यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए।

यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक-पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए । यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेल खुमलटार पुगेका थिए।

तराई-मधेश जागरण अभियानमा रहेका प्रचण्ड छलफलका लागि सोमबार नै काठमाडौँ आउने भएका छन्।

प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij