काठमाडौँ ,
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। सोमवार सिंहदरबारमा आयोजित सोह्रौँ योजना कार्यान्वयन तथा बजेट तर्जुमासम्बन्धी आन्तरक्रियामा उनले यस्तो सुझाव दिएका हुन्।
उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताए। उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताए।
आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनुपर्ने उनको भनाइ छ। उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिए।
‘हामी आत्मनिर्भरताको बाटोमा गइरहेका छैनौँ, त्यस ढंगले विकास गर्ने हिसाबले गइरहेका छैनौँ। अब नेपालले के सोच्नै पर्छ भने भौतिक पूर्वाधाको अतिरिक्त मेनपावर राम्रो उत्पादन गर्ने त्यो मेन पावरलाई देश विकास गर्ने काममा सहजीकरण गर्ने र उसले यहाँ बसेर राष्ट्रिय उत्पादन गर्ने, उत्पदकत्व बढाउने र व्यापार घाटा नियन्त्रण गर्दै जाने आत्मनिर्भरताका आधारहरु बनाउने यो क्षेत्रमा जानका लागि विशेष योजनाहरु बनाइनुपर्छ‚’ उनले भने, ‘विशेष बहस र छलफलहरु त्यसका हुनुपर्छ। त्यो सम्भव छ कि छैनबाटै शुरु गर्नुपर्छ र हुन नसक्ने योजनाहरु हुन सक्दैन भनौँ तर धान्न सक्ने परिणाम दिन सक्ने गरौँ।’
सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भूमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने बताए।
उनले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशील ढंगले सोच्नुपर्ने औँल्याए।
‘वर्ल्ड वाइड्ली विकास निर्माणको सन्दर्भमा सांसद भनेको के होरु सांसद विकास निर्माणमा कसरी जोडिन्छरु उ नीति निर्माणमामात्र जोडिन्छ कि योजना पास गर्ने ठाउँमा जोडिन्छ किरु योजना लिएर जानेमा जोडिन्छ किरु‚’ उनले भने, ‘उसको सिफारिसमा योजनाहरु बन्छ किरु अथवा यो कहाँबाट टुङ्ग्याउँछरु हाम्रो जस्तो मुलुकमा कसरी गछौँरु सांसदको योजना निर्माण र योजना कार्यान्वयनमा भूमिका के हुनुपर्छ भन्ने सन्दर्भमा मलाई लाग्छ हामीले धेरै बहस र छलफल गर्नुपर्छ।’
सभामुख घिमिरेले योजना आयोगले पुरानै ढाँचामा नयाँ र महत्वपूर्ण योजना प्रस्तुत गरेको बताए। उनले आयोगले योजना प्रस्तुत गर्दा नीति निर्माणस्थल संसदमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्