विपक्षीहरु आन्दोलित हुँदै गएपछि सत्तापक्षको बैठक बालुवाटारमा

विपक्षीहरु आन्दोलित हुँदै गएपछि सत्तापक्षको बैठक बालुवाटारमा

काठमाडौँ – राजावादीसँगै संसदका रहेका अरु विपक्षी दलहरु कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर आन्दोलन हुन थालेपछि सत्ता पक्षको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल बैठक बोलाइएको बालुवाटार सुत्रले बतायो।

 

सरकारले सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ। त्यसमा विषयमा चौतर्फी विरोध सुरु भएपछि रक्षात्मक बनेको सरकारले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न चाहेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।

त्यस्तै गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरत सिंह भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरु पनि सत्ता पक्षको बैठकमा उपस्थित छन्।

प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij