काठमाण्डौ – शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अङ्कले बढेर २ हजार ६ सय ६३ दशमलव ३० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्