JanataToday.com

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो ।

पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए ।

त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिस ४३ ओभरमा एक सय ५४ रनमा अलआउट भयो । आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । पुलिसका करन केसी र सागर ढकालले समान तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

आजको जीतसँगै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले तीन पटक र आर्मीले एकपटक उपाधि जितेको छ । गएको फागुन २५ देखि शुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाण्डौ उपत्यकाबाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको हो ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् । फाइनलअघि ४५ वटा खेल भएका छन् ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij