म्यानमारमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको पुष्टि भएको छ। ७३२ जना घाइते भएका छन्।
अमेरिकी जिओलोजिकल सर्वे युएसजीएसका अनुसार भूकम्पको तीव्रता अनुसार म्यानमार र थाइल्याण्डमा भूकम्पबाट १० हजार मानिसको मृत्यु भएको अनुमान छ।
तर म्यानमारका सैन्य शासन प्रमुख मिन आङ हल्येङका तर्फबाट सार्वजनिक भएको विवरणमा मानवीय क्षतिको संख्या न्यूनमात्रामा राखिएको छ । उक्त सरकारका अधिकारीहरुले मृतक र घाइतेहरुको संख्या बढ्ने सम्भावना रहेको बताएका छन्। म्यानमारमा गएको ७.७ म्याग्नीच्युडको भूकम्पबाट थाइल्याण्डसमेत प्रभावित भएको छ । थाइल्याण्डमा अहिलेसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घाइतेहरुको सम्पूर्ण विवरण सार्वजनिक गरिएको छैन । म्यानमार भूकम्पले कैयौँ आवसीय भवन ध्वस्त भएका छन्। साथै थुप्रै निर्माणाधीन भवनमा मजदुर फसेका छन् । उनीहरुको खोजी र उद्धार कार्य जारी छ। भूकम्पको धक्का यी दुई देशबाहेक चीनमा पनि महसुस गरिएको थियो । तर चीनमा भने ठूलो क्षतिको कुनै पनि विवरण सार्वजनिक भएको छैन।
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्