बुटवल- चर्च ब्वाइज युनाइटेड क्लबले २३औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफलाई २–० ले पराजित गरेको हो। उपाधिसँगै चर्च ब्वाइजले १२ लाख १२ हजार २२२ रुपैयाँ हात पारेको छ। एपिएफले भने ६ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाएको थियो।
चर्च ब्वाइजलाई उपाधि दिलाउन रिचर्ड विल्सन र राज भुषालले गोल गरेका हुन्। चर्च ब्वाइजले खेलको १९औं मिनेटमै अग्रता लिएको थियो।
विल्सनले सेट पीसको सदुपयोग गरे। राजको कर्नरमा आएको बललाई उनले हेडिङमार्फत जाली चुमाएका हुन्। पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजले दोस्रो हाफमा पनि गोल थप्यो।
६५औं मिनेटमा राज आफैंले गोल गरे। अमन लामाले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको फ्रिकिकलाई एपिएफका गोलकिपर विशाल गुरुङले बचाएका थिए।
तर, रिबाउन्डमा राजले गोल गरेका हुन्। उनले दोस्रो प्रयासमा सिक्स यार्ड बक्सबाट बललाई फिनिसिङ गरे।
प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्