JanataToday.com

Advertisment

SKIP THIS

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र धनगढी खेल्दै

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । त्रिपुरेश्वरको  दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

यसअघि बुटवलले झापासँगको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । धनगढीको भने आज पहिलो खेल हुन लागेको हो । हिजोको खेलमा चितवनले पोखरालाई २–० ले पराजित गरेको थियो ।

तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij