काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सोमवारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । संसद्को हिउँदे अधिवेशन गएको माघ १८ गतेदेखि शुरू भएको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्