संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक

संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक

काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (आज) राति १२ बजेबाट अन्त्य भएको छ । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो ।

अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित गरेको छ । सरकारले अधिवेशन सुरु हुँदाको दिन दर्ता गरेका सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । बाँकी ४ अध्यादेश गत पुस २९ गते जारी गरिएको थियो । सरकारले ती अध्यादेशलाई क्रमशः सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ मा प्रतिस्थापन गरेर संघीय संसद् सचिवालयमा गत माघ १८ गते पेस गरेको थियो । ती प्रतिस्थापन विधेयकलाई गत फागुन २१ गते बसेको प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो ।

भए-गरेका-काम-कारवाहीको-संक्षिप्त-जानकारी_page-0001भए-गरेका-काम-कारवाहीको-संक्षिप्त-जानकारी_page-0002

प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij