काठमाण्डौ – राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक डीआईजी दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको छ । यस्तै टियर ग्यास ७ सय ४६ राउन्ड, ब्ल्याङ्क फायर १ सय ९२ पटक भएको थियो । २ वटा गोली पेस्तोलबाट प्रहार भएको उहाँले बताउनुभयो ।
यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास नहानेको र बाहिर आएको भिडियो डीपफेकु अर्थात् भ्रामक रहेको दाबी गरेको छ । प्रवक्ता आचार्यले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टिएर मञ्चमा पुगेको हुन सक्ने आशङ्का गर्नुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्