काठमाण्डौ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।
आज बसेको बैठकमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रवारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्