शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो

काठमाडौं , नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो ।

देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ । यो अवधिमा एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएकाले नतिजा प्रकाशनमा समेत असर पर्नेछ ।

पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।

 

 

प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij