JanataToday.com

Advertisment

SKIP THIS

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा आएको कमिले यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा आएको कमिले यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित

 

बुटवल,

रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा कमि आउनुले यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित भएका छन् ।

विमानस्थल सञ्चालनमा आउँदा उत्साहित भएका उद्योगी ब्यवसायी यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्दै एआएका एयरलाइन्सहरूले हात झिकेपछि चिन्तित भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल सञ्चालनमा आउदा खुसी भएका उद्योगी ब्यवसायी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताए ।

साेमबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ३१ औं परिषद सभाकाे उद्घाटन गर्दै उनले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा गिरावट आउने बताए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउने बिषयमा सरकारी निकायले उदासीनता देखाएको भन्दै उनलेे यस्ता गतिविधिले उद्योगी व्यवसायीलाई निराश बनाउनुका साथै मुलुकको अर्थतन्त्रमा गम्भिर असर गर्ने दावी गरे ।

उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्न आफूहरु तयार रहेको बताउँदै प्रदेश अध्यक्ष शर्माले तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरुलाई सुझाव दिन आग्रह गरे ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको व्याजदर घटेको दावी गरे । मुलुकलाई ग्रे लिस्टबाट हटाउनको लागि पहल भैरहेको बताउँदै उनलेे ग्रे लिस्टबाट हटाउन नसकिए यसले अर्थतन्त्रमा झनै ठूलो असर पर्ने बताए । उनलेे कतिपय स्थानीय तहले मापदण्ड विपरित विज्ञापन कर असल गर्न थालेको बताउँदै त्यसका बारेमा जोडतोडले आवाज उठाउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराउदै त्यसको समिक्षा गर्न र भावी कार्यक्रमका लागि सुझाव सल्लाह दिन परिषदका सदस्यहरु बस्तुगत समितिका सभापतिहरुलाई आग्रह गरे ।

त्यस अवसरमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदिप शर्मा लगायतले संघले गर्ने कार्यक्रमसंगै परिणामको पनि लेखाजोखा गर्नुपर्ने धारणा राखेका थिए ।

साेही अवसरमा संघले प्रकाशन गरेको नयाँवर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा क्यालेण्डर प्रकाशनमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी दिए

प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij