राप्रपा ले आज काठमाण्डौको बल्खुमा जुलुस र सभा गर्दै

राप्रपा ले आज काठमाण्डौको बल्खुमा जुलुस र सभा गर्दै

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज काठमाण्डौको बल्खुमा सभा गर्दैछ । दिउँसो ११ बजेदेखि जुलुस शुरू हुने र १२ बजेदेखि सभा शुरू गर्ने राप्रपाले जनाएको छ ।

सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । राप्रपाले बल्खुमा आज हुने सभा शान्तिपूर्ण र मर्यादित हुने बताएको छ ।

यसअघि चैत १५ राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको आजको सभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij