काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो । हुलहुज्जत र दलबलसहित गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र घरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रियतासमेत अबलम्बन नगरी गैर कानूनी रुपमा पक्राउ गरेको रास्वपाका नेताहरूले बताए ।
उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएको बताए । मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्