JanataToday.com

Advertisment

SKIP THIS

८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो

८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८१र०८२ को ८ महिनामा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ८ महिना अर्थात् साउनदेखि फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो ।

यस्तै ८ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४ सय ३ छ । अघिल्लो वर्षको यही अवधिमा २ लाख ८५ हजार ३ सय ५२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ८२ हजार ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यस्तै विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले बढेर फागुन मसान्तसम्म २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै ८ महिनासम्म चालू खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ

प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij