काठमाडौं , त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा बिहीबार स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामा पत्र बुझाएका थिए ।
गत वर्ष १० फागुनमा चार वर्षका लागि मेरिटअनुसार नै नियुक्त भएका बराल १३ महिनामै राजीनामा दिन बाध्य भएका हुन्। उनले प्रधानमन्त्रीको दबाब र हेपाइले आफू राजीनामा दिन बाध्य भएको बताउँदै आएका छन्।
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्