परियार सेवा समाज रुपन्देही द्धारा निशुल्क आंखा शिविर सम्पन्न

परियार सेवा समाज रुपन्देही द्धारा निशुल्क आंखा शिविर सम्पन्न

बुटवल – परियार सेवा समाज रुपन्देहीको आयोजना तथा भिजन पोईन्ट अप्टिकल सेन्टरको प्राविधिक व्यबस्थापनमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नयाँ बर्ष २०८२ सालको अवसर पारेर आईतवार बुटवल – ११ देबिनगर चौपारीमा आँखा शिविर गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले आँखा बिना मानिसले एकपाइला पनि अगाडि बढ्न नसक्ने भन्दै संवेदनशिल अंगको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । मानव स्वास्थ्यमा ख्याल नगर्दा आइपर्ने समस्या बारे पनि सचेत बन्नुपर्नेमा जोड दिदै सामाजिक संघसंस्थाहरु बेलाबेला नागरिक पक्षमा गर्ने कामहरुले समाजमा सकरात्मक परिवर्तन ल्याउने बताउनभयो । त्यस्तै ,परियार सेवा समाज रुपन्देहीका संरक्षक राम कुमार रणपालले कुनै पनि व्यक्तिले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको उक्त शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले संस्थाको बार्षिक कार्यतालिका अनुसार नै निशुल्क आँखा शिविर आयोजना गरेको भन्दै भुईतहका नागरिकहरु अस्पताल सम्म पुग्न नसक्ने हुदा उनिहरुलाई मध्यनजर गरेर बेलाबेलामा स्वास्थ्य सम्बन्धि शिविरहरु आयोजना गर्दै आएको बताउनुभयो । आँखा सिविरमा २ सय १६ जनाले सेवा लिएको संस्था सचिव कमल छिनालले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीको अध्यक्षता, उपाध्यक्ष शान्ती दर्जिको स्वागत मन्तव्य तथा सचिब कमल छिनालको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij