कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई लिखित जवाफ माग्ने

कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई लिखित जवाफ माग्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

देउवानिवास बुढानीलकण्ठमा भएको छलफलले महाधिवेशन गर्न नसक्नुको कारण र हालसम्म गरेका कार्यको विवरण माग्ने निर्णय पनि गरेको छ । हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनुपर्ने छ । बैठकमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए ।

लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रतृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने तयारीमा कांग्रेस छ । त्यसअघि सात दिनभित्र लिखित जवाफ मागिएको एक नेताले जानकारी दिए ।कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन ।

प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij