पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएम ले जानकारी दिएको छ ।
आईओएमका अनुसार सन् २०२५ को अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट अफगानी नागरिक देश फर्किएका छन् ।
आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।
सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्