बुटवल , ‘जनतासँग माओवादी स् तराई(मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत बुधबार रुपन्देही आइपुगेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहबार विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । पूर्व प्रधानमन्त्री सम्त रहेका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्रीय टोलीले विहिबार दिनभरजसो रुपन्देहीमा बिताएपछि कपिवस्तु प्रवेश गर्ने कार्यतालिका रहेको छ ।
बिहीबारका लागि प्रचण्ड नेतृत्वको टोलीको कार्यक्रम पार्टीले सार्वजनिक गरेको छ । जसअनुसार बिहान ५स्३० देखि ८स्३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद गर्ने छन् भने बिहान ९ बजे पत्रकार सम्मेलनको आयोजना गरि वर्तमान राजनीतिक अवस्था तथा अभियान बारेका जिज्ञासा बारे बोल्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम लगत्तै १० बजे विहान होटल पौवामा युवा, विद्यार्थी र वाइसिएलका लागि प्रशिक्षण कार्यक्रममा सहभागी हने, बिहान ११ देखि १२ बजेसम्म यहाँका बुद्धिजिवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यतालिक रहेको छ । मध्यान्न १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन र दिउँसो २ बजे मर्चवार मझगावामा आमसभालाई सम्बोधन लगायतका कार्यक्रम रहेका माओवादी पार्टी जिल्ला कमिटीले जनाएको छ ।
दिउँसो ४ बजे अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पार्टी जिल्ला संयोजक नारायण जिसी ुनिर्मलु ले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्