काठमाण्डौ – नेपाल सुपर लिग एनएसएल फुटबलमा साविक विजेता ललितपुर सिटी एफसी र झापा एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा झापाले ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । योसँगै ललितपुर ६ खेलबाट १२ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
समान खेलबाट पाँच अङ्क बटुल्दै झापा तेस्रो संस्करणको एनएसएलबाट बाहिरिएको छ । झापा एनएसएल इतिहासमा सबैभन्दा बढी बराबरी खेल्ने टोली बनेको छ ।
तीन संस्करणमा १५ खेल खेलेको झापाले नौ खेल बराबरीमा सक्काएको छ । झापाले यो संस्करणमा मात्रै पाँच बराबरी खेलेर कुनै पनि खेल नजिती प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र एफसी चितवन खेल्दैछन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्