काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनकाे भाउ ताेलाकाे एक लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेकाे थियो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्