राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

 

 

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

गृह मन्त्रालयले भनेको छ‚ ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२।१।७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। यसका साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।

राप्रपाले आइतबार काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्दै छ।

 

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij