संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या थेग्न सक्दैन ; कांग्रेस महामन्त्री थापा

संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या थेग्न सक्दैन ; कांग्रेस महामन्त्री थापा

 पोखरा , कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्न नसक्ने बताएका छन्।

अहिले यति धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन बताउँदै उनले संख्या घटाउनुपर्ने बताएका हुन्।संघ, प्रदेश र स्थानीय तिनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ थियो।

कास्की अन्नपूर्णमा शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्बोधन गर्दै थापाले खर्च कम गर्नका लागि संविधान सच्याउनुपर्ने बताए।

थापाले संघले प्रदेशको अधिकार, प्रदेशले स्थानीय तहको अधिकार खोसेर नहुने उनको भनाइ थियो। संघले जे कुरामा हात हाल्ने हो त्यसमा मात्र हात हाल्नुपर्ने बताउँदै संघले चाहिनेभन्दा बढी प्रदेशमा हात हालेको उनको जिकिर थियो।

१० वर्ष माओवादी सशत्र संघर्ष, त्यसपछिको १० वर्ष शान्ति प्रक्रियापछिको संक्रमणकाल र ७० देखि ८० को दश वर्ष संविधान जारी गर्ने र चुनाव गराउनेमा बितेको थापाले बताए। ८० देखि ९० को दशकको अबको ८ वर्ष अरु कुरामा खेरा फाल्न नहुने थापाको भनाइ थियो।

अलिकतिमात्रै सम्हाल्ने हो भने अबको १० वर्षभित्रमा चमत्कार गरेकोजस्तो विकास गर्न सकिने थापाको भनाइ छ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij